कोलम्बो । श्रीलंकाले अस्थायी रुपमा वैदेशिक ऋण नतिर्नसक्ने जनाएको छ । ७० वर्षयताकै गहिरो आर्थिक संकटमा फसेको श्रीलंका विदेशी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको हो ।
बीबीसीका अनुसार त्यहाँका अधिकारीहरुले युक्रेनमाथिको आक्रमण र कोरोना महामारीका कारण दाताहरुलाई ऋण तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । देशमा खाद्य अभाव, लोडसेडिङ र मूल्यवृद्धि आकाशिएपछि विरोध प्रदर्शन पनि चर्किँदै गएको छ ।
ऋणै तिर्न नसक्ने अवस्थामा पुगेसँगै श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग अर्को हप्ता आफ्नो अर्थतन्त्रलाई सुधार गर्न ऋण कार्यक्रममाथि छलफल सुरु गर्ने भएको छ । श्रीलंकाका वित्तमन्त्रीले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयता बाँकी रकम तिर्नेमा निर्दोषिताको उदाहरण रहेको बताए ।
आाईएमएफले गत महिना नै श्रीलंकाको ऋण दिगो नरहेको अनुमान गरेको मन्त्रालयले जनाएको छ । क्रेडिट रेटिङ एजेन्सीहरुले हालसम्म श्रीलंकालाई ऋण तिर्न नसक्ने वर्गमा राखिसकेका छैनन् ।