बेइजिङ । चीनको संघीय राजधानी बेइजिङका ८० प्रतिशतभन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो संख्या ६० वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ नागरिकहरूको हो । कुल ३४ लाख ४० हजार ज्येष्ठ नागरिकले खोप लगाएकोमा २४ लाख ६० हजारभन्दा बढीले बुस्टर डोज खोप लगाएको अधिकारीहरूले जनाएका छन् । बेइजिङका लागि छ करोड सात लाख ६० हजारभन्दा बढी खोपको व्यवस्था गरिएको पनि प्रान्तीय स्वास्थ्य अधिकारीहरूको भनाइ छ । यस सहरमा अहिलेसम्म कुल दुई करोड ३० लाखभन्दा बढीले खोप लगाएका छन् । ती मध्ये एक करोड ५४ लाखभन्दा बढीले बुस्टर डोज खोप लगाएका छन् ।