काठमाडौं । प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही वैशाख ११ गते आफ्नो २०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ५६ हजार पाँच सय ६० रुपैयाँमध्येबाट सात प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ४० लाख ८४ हजार एक सय १९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसैगरी जारी तथा चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँलाई वृद्धि गरी एक अर्ब १८ करोड ६१ लाख ४४ हजार आठ सय १९ रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी कम्पनीले गरेको छ ।