काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई स्पेसल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेशल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट प्रदान गरिएको होे । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंकले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।