काठमाडौं । सनी सेक्युरिटिजले आधारभूत सेयर तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साइन्टिफिक विजनेस हबद्वारा सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रममा विशेष गरी सेयर बजारेको परिचय, डिम्याट खाताखोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आईपीओमार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाइन सेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकोले नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिमका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
साथै साइन्टिफिक विजनेस हब प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकास गर्ने मनशायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्युरिटिजप्रति आभार व्यक्त गरे ।
सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिमका बीच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रमहरू पुँजीबजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्युरिटीजको पहलमा सेयर बजारसम्बन्धी जागरूक र जनचेतनामूलक तालिमहरू देशव्यापीरूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक बिजनेस हबअन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरले जनाएको छ ।
उक्त कार्यक्रमका विशेषताहरू सेयर बजार र परिचय, डिम्याट खाता र मेरो सेयरको बारेमा जानकरी, प्राथमिक बजार र आईपीओ, दोस्रो बजार, सेयर बजारमा कसरी प्रवेश गर्ने ?, दोस्रो बजार र सेयर मूल्यनिर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोजन, आधारभूत अनुपात जस्तैः प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदि, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के–के हुन्?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अनलाइन सेयर कारोबारको महत्व र यस क्षेत्रबारे विशेष जानकारी रहेको जनाइएको छ ।