काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरूले सिजी डिजिटलको उत्पादनहरूको २० हजार रुपैयाँसम्मको सामान खरिद गरी एनएमबीको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक पाइनेछ । बैंकका अनुसार यो योजना चैत २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
यसैगरी एनएमबीका ग्राहकले नेपालको अग्रणी अनलाइन दराजबाट समान खरिद गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् । बैंकका अनुसार यो योजना चैत २८ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
नयाँ वर्षकै अवसरमा एनएबी बैंकका ग्राहकहरूले ई–एनएमबी एपबाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा एक सय रुपैयाँसम्मको क्यास ब्याक पाउनुको साथै हेलिकोप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी पनि बैंकले दिएको छ । बैंकका अनुसार उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो ई–एनएमबीएप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नुपर्नेछ । यो योजना चैत २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ ।
एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वननिक गरेको छ । एनएमबीको ग्राहकले नेपालको अग्रणी अनलाइन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । बैंकका अनुसार यो योजना चैत २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
बैंकले दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबीले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
एनएमबी बैंकको अगुवाइमा माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको लगानी गर्न सम्झौता
एनएमबी बैंक लिमिटेड, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लि. तथा मोदी जलविद्युत्कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा लगानी गर्न सर्त/समझदारीसम्बन्धीपत्रमा हस्ताक्षर भएको छ । माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो । मोदी जलविद्युत्कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत्प्राधिकरण रहनेछ । माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको कुल लागत नौ अर्ब आठ करोड रुपैयाँ रहने बैंकले जानकारी दिएको छ ।रहने जानकारी गराइएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनअनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । उक्त पत्रिकाद्वारा एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । (आर्थिक दैनिकबाट)