काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सिभिल बैंक लिमिटेडको १० दशमलव २५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर–२०८८’ ऋणपत्रको क्रमसंख्या एकदेखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका छन् । उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्रीखुलागरिएको थियो र वितरण भएको ३० लाख कित्ता डिबेन्चर अब २०७८ चैत ३० बाट नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्न सकिनेछभने डिबेन्चरको आरतीयससम्बन्धी सेवासिभिल क्यापिटल मार्केटमार्फत गरिनेछ ।