काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानीको ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहजताका लागि सात थान ह्वाइट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति एक हजार लिटर क्षमता भएको एक थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्णपाल, विद्यालयका प्रधानाध्यापक र नबहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि अन्य विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय, पत्रकार तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रूपान्तरणमा विभिन्न कार्यक्रमहरू गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।