वेइजिङ । चीनको रुससँगको व्यापार सुस्त भएको छ । अघिल्लो वर्षको तुलनामा गत मार्च महिनामा चीनको कुल व्यापार मात्र १२ प्रतिशतले बढेको छ ।फेब्रुअरीयतादेखि व्यापार सुस्त हुनपुगेको बताइएको छ । युक्रेनमाथिको आक्रमणसँगै रुसविरुद्ध पश्चिमा धेरै राष्ट्रले आर्थिक प्रतिबन्ध लगाए पनि चीनले त्यसको विरोध गर्दै आएको छ । चीनको कुल आयात र निर्यातको वृद्धिदर भने अगाडि बढेको छ ।
रुसबाट हुने र त्यहाँ जाने शिपमेन्ट १२.७६ प्रतिशतले मार्च महिनामा बढ्दा ११.६७ अर्ब अमेरिकी डलरको व्यापार भएको चीनको भन्सार तथ्यांकले बुधबार देखाएको छ । यद्यपि फेब्रुअरीमा भने यस्तो व्यापार २५.७ प्रतिशतले बढेको थियो । त्यही रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । यद्यपि यो क्षेत्रमा र सबै देशमा गरी यो वृद्धिदर ७.७५ प्रतिशतले बढी भएको बताइएको छ । मार्चमा सबै देशसँग चीनको पाँच खर्ब चार अर्ब ७९ करोड डलरको व्यापार भएको छ ।
चीनले पश्चिमा देशले रुसमाथि लगाएको प्रतिबन्धलाई अवैध भएको प्रतिक्रियाँ दिँदै आएको छ भने युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीबारे मौनता साँँध्दै आएको छ । युक्रेनमाथि आक्रमण हुनु धेरै हप्ता अगाडि दुवै देशले सीमितताविहीन रणनीतिक साझेदारीको घोषणा गरेका थिए । गत वर्ष दुई देशबीचको कुल व्यापार ३५.८ प्रतिशतले बढेर एक खर्ब ४६ अर्ब ९० करोड डलरको भएको थियो ।
रुसविरुद्धको प्रतिबन्ध चुलिँदै गर्दा चीनले धेरै वस्तु किनेर केही राहत दिन सक्नेछ । तर विश्लेषकहरुले भने चीनले पश्चिमा प्रतिबन्ध उल्लंघन गरेको मुख्य संकेत अझै देख्न बाँकी रहेको बताएका छन् । यद्यपि रुस र युक्रेनसँगै अन्य देशहरुसँगको चीनको आर्थिक र व्यापार सहकार्य सामान्य रहेको भन्सारका प्रवक्ता लि कुइवेनले पत्रकार सम्मेलनमा बताए ।
पहिलो त्रैमासिकमा एक वर्षअघिको तुलनामा चीनको रुससँगको व्यापार ३०.४५ प्रतिशतले बढेको थियो । रुस तेल, ग्यास, कोइला र कृषिजन्य वस्तुको लागि रुस चीनको मुख्य स्रोत हो । बढ्दो महंगी र पुँजीपलायनसँगै रुसको अर्थतन्त्र सन् २०२२ मा १० प्रतिशतभन्दा धेरैले खुम्चिन सक्ने पूर्वअर्थमन्त्री एलेक्सेई कुद्रिनले बताएका छन् ।