काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आईएमईले ‘आईएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख १ देखि ३१ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।
यो योजना आईएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । यस एक महिने योजनाअन्तर्गत विदेशबाट आईएमईमार्फत पठाइएको रकम नेपालभर छरिएका एजेन्ट/सबएजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति दुई हजार ७९ रुपैयाँ जित्नेछन् ।
यस्तै बम्परमा एक जना भाग्यशाली विजेतालाई दुई लाख सात हजार नौ सय रुपैयाँ प्रदान गरिनेछ । यो योजनामा सहभागी भएका सेवाग्राहीहरुमध्ये कुल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेबसाइट एवम् सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।