काठमाडौं । कुमारी बैंकले नववर्ष २०७९ को अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकहरूलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमा राखिएको रकम सात वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने यस मुद्दती निक्षेपमा, न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको । सो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशतसम्म कर्जा सुविधा समेत रहेको जानकारी पनि बैंकले दिएको छ ।
आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्नै उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरू सञ्चालनमा ल्याएको हो । बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा–सञ्जाल, एक सय ७७ वटा एटीएम, ४३ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।