काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्र्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५६ दशमलव नौ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख एक हजार २८ पटकको कारोबारमा एक करोड २२ लाख ७७ हजार पाँच सय एक कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २६ करोड १४ लाख ६९ हजार एक सय ५० रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ८६ हजार दुई सय ५८ पटकको कारोबारमा दुई करोड २३ लाख ४२ हजार छ सय ४० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ८३ करोड ११ लाख ६० हजार सात सय २३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र पाँचौँ दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियिमत कारोबारकक्ष बन्द रहेको थियो । यीबाहेकका दिनहरूमा भने दोस्रो र तेस्रो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो दिन बजार परिसूचक उकालो लागेको थियो ।
जसअनुसार पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । दोस्रो दिन भने बजार परिसूचक ४४ दशमलव ५६ अंकले ओरालो लागेर दुई हजार चार सय १९ दशमलव ८० विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ८७ अंंकले ओरालो लागेर चार सय ५४ दशमलव ८७ विन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ३४ दशमलव ७९ अंकले ओरालो लागेर दुई हजार तीन सय ८५ दशमलव एक विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७६ अंंकले ओरालो लागेर चार सय ४९ दशमलव १२ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ३० दशमलव २४ अंकले उकालो लागेर दुुई हजार चार सय १५ दशमलव २४ विन्दुमा चढेकोमाा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९७ अंंकले उकालो लागेर चार सय ५६ दशमलव नौ विन्दुमा चढेको थियो । पाँचौँ कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।