काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरूको हितलाई ध्यानमा राखेर ‘शताब्दी बचत खाता’ सञ्चालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरूले वार्षिक आठ दशमलव शून्य तीन प्रतिशतको उच्च ब्याजदरका साथै सात लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा एक लाखसम्मको स्वास्थ्य बीमा, एक लाख रुपैयाँसम्मको विभिन्न १८ घातक रोगको बीमा र पाँच लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
शताब्दी बचत खाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निःशुल्क प्रदान गरिने जानकारी पनि बैंकले दिएको छ । साथै शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरूमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरूबाट खोल्न सकिने बैंकको भनाइ छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना एक सय २९ वटा शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।