काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन: ४१ दशमलव ७७ अंकले ओरालो लागेर २३ सय ४३ दशमलव ८७ बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव १५ बिन्दुमा झरेको छ । आज १३ वटा समुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् ।
जसअन्तर्गत ३१ हजार आठ सय २५ पटकको कारोबारमा ३८ लाख ७६ हजार तीन सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम एक अर्ब ५३ करोड छ लाख ९२ हजार नौं सय ५६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।