काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आईएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आईएमई पेले यात्रुहरुलाई हवाइ उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।
नयाँ योजनाअनुसार हवाइ उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाइ टिकट प्रदान गर्नेजस्ता योजनाहरु आईएमई पेले ल्याउने गरेको छ । योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ ।