काठमाडौं । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दती खोल्न सक्ने बैंकले जानकारी दिएको छ । ग्राहकहरूले यो योजनामा उक्त रकम साढे छ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले बेहोर्नु पर्नेछ ।
व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।