काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७२ करोड २० लाख २० हजार एक सय ९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंंकको यस्तो नाफा दुई अर्ब ८१ करोड ७६ लाख ७६ हजार तीन सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब दुई करोड ७९ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ६६ करोड ७३ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६३ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १० प्रतिशत स्प्रेड दर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ४० करोड ६४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्रतिशत रहेको थियो ।