काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३६ दशमलव ७३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने चार दशमलव ९४ अंकले उकालो लागेर २३ सय २५ दशमलव ४५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्यन छ अंकले उकालो लागेर चार सय ४३ दशमलव १४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार एक सय ९० पठकको कारोबारमा ३९ लाख ९१ हजार ५१ कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार आठ सय ४८ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का आज कारोबार भएका कुल उपसमुहरु मध्ये पाँच वटा समुहको सुचक ओरालो लागेका छन् भने आठ वटा समुहको सुचक उकालो लागेका छन् ।