काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२२ मा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आर्थिक वर्ष २०२३ मा ४.१ प्रतिशत र २०२४ मा ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
२०२२ मा कोभिड महामारीको घट्दो संक्रमण दर, अधिकांशलाई भ्याक्सिन, विदेशी पर्यटक बढेको विश्व बैंक बढ्ने उल्लेख गरेका छन् । २०२२ को मार्चसम्म ६० प्रतिशतले डबल डोज लगाई सकेको जनाएको छ । नेपालमा बढ्दो महंगी, रुस युक्रेनको युद्ध लगायतको कारणले निर्माण लागत बढ्ने जनाएको छ ।
विश्व बैंकको रिपोर्टमा रुस र युक्रेनमा सिधा ठूलो व्यापार नभए पनि तेल, कृषिजन्य पदार्थ, स्टिल, खनिजजन्य पदार्थले नेपालमा महंगी बढाएको उल्लेख गरेको छ ।