काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड आठ लाख ३७ हजार पाँच सय ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १५ करोड ९२ लाख पाँच सय ८७ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० अर्ब ४४ करोड ७९ लाख ९४ हजार दुई सय ७२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब २८ करोड २४ लाख ५९ हजार चार सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ७३ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने ५३ लाख ७० हजार नौ सय ८९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब आठ करोड नौ लाख ६२ हजार दुई सय ९८ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४३ करोड २६ लाख पाँच हजार दुई सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड एक लाख ८६ हजार पाँच सय ८१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।