काठमाडौं । माछापुच्छ्रे बैंकको खुद मुनाफामा २० दशमलव २४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि अर्थात् नौ महिनामा एक अर्ब ५५ करोड १७ लाख ७२ हजार छ सय १७ रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत अर्थात् २६ करोड ११ लाख ६० हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब २९ करोड छ लाख १२ हजार नौ सय ६८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनामा एक खर्ब ४१ अर्ब आठ करोड आठ लाख २१ हजार पाँच सय ९१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३१ अर्ब १७ करोड २७ लाख ९७ हजार आठ सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट तीन अर्ब ६० करोड २८ लाख ६६ हजार एक सय ४२ रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको बैंकमा शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ८२ लाख ९९ हजार ६३ रुपैयाँ रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट तीन अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा बैंकको स्प्रेड दर अर्थात् निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर भने चार दशमलव शून्य चार प्रतिशत रहेको थियो ।