इस्लामाबाद । पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु-याउने भिडियोहरू हटाएको जनाइएको छ । टिकटककै सामाजिक निर्देशिकाअनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो । अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो धेरै भएको समाचारमा जनाइएको छ ।
हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार पाँच सय ९४ वटा भिडियो हटाइएको हो । सोही अवधिमा कुल आठ करोड ५७ लाख ९४ हजार दुई सय २२ ओटा भिडियो हटाइएको छ । सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।