काठमाडौं । एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउन्डेसन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ ।
वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउन्डेसनबाट श्रीमती शोभा पौडेललगायत सदस्यहरू उपस्थित थिए । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यो सहकार्यले विद्यार्थी भाइबहिनीहरूमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।