काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दिन ९५ बिन्दुले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने पुन ३४ दशमलव ९५ बिन्दुले ओरालो लागेर २३ सय ८६ दशमलव एक बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ६९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४६ हजार चार सय एक पटकको कारोबारमा ५० लाख ४७ हजार सात ६९ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।