काठमाडौं । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामग्री हस्तान्तरण गरेका हुुन् । बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरूको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरूलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ । बैंकसँग हाल लाखौँ सन्तुष्ट ग्राहकहरू छन्, जुन वित्तीय संस्थामा उच्चतममध्ये एक हो । हाल बैंकले आफ्ना एक सय १५ वटा शाखा, ३१ राजस्व संकलन काउन्टर, एक सय ४९ एटीएमसहितको फराकिलो विश्वव्यापी नेटवर्कमार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।