पोखरा। नेपाली विद्यार्थीहरुलाई नेपालमा ए.सी.सी.ए अध्ययन शुरुवात गराउने नेपाल कै पहिलो कलेज एनसीए कलेज अफ म्यानेजमेन्टले प्रदेश नं ३ को राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । बैशााख ११ गते सोमबार पोखराको जीरो किलोमा अवस्थित पोखराकै ठूलो फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन र एनसीए कलेज अफ म्यानेजमेन्ट बीच एक सम्झौतामा हस्ताक्षर भई एनसीएको पोखरा सम्पर्क कार्यालय फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन जीरो किलोमा रहने सहमति भयो । उक्त सहमति पत्रमा एनसीएको तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेशनका तर्फबाट प्रिन्सिपल बिजय बरालले हस्ताक्षर गरे । उक्त हस्ताक्षर समारोहलाई सम्वोधन गर्दै एनसीए कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरीनै सर्वाधिक लोकप्रिय रहेको एसीसीए कोर्सको बारेमा सो क्षेत्रका विद्यार्थीहरुले संम्पर्क कार्यालयबाटै आवश्यक जानकारी प्राप्त गर्न सक्ने बताउदै बिद्यार्थीहरुका लागि सुविधा होस भन्ने उदेश्यले उक्त कार्यालय स्थापना गरिएको बताए । यसै गरि फेम एजुकेशनका निर्देशक तीलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरि एनसीएको सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताउदै यस क्षेत्रमा एसीसीए कोर्सको प्रबर्द्धन लागि आफुहरु प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह गरे । एनसीए कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्षदेखि निरन्तर रुपमा गुणस्तरिय एसीसीए व्यवसायिक शिक्षा प्रदान गर्दै आएको साथै सन् २०१० मा कलेजको अध्ययन अध्यापनको गुणस्तर मापन गरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले एप्रूभ लर्निङ पार्टनर गोल्ड’ को मान्यता दिएको कलेज हो । शिक्षा मन्त्रालयबाट एसीसीए कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो ‘ गोल्ड स्टाटस’ कलेज हो भने एसीसीए। बेलायतको ‘चार्टड सर्टिफेकट एकाउन्टस्’ द्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो । उक्त कार्यक्रममा एनसीए कलेजका सल्लाहकार एवं। जनता टेलीभिजनको शिक्षाकाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेशनका प्रिन्सिपल बिजय बराल, उक्त संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति थियो ।