काठमाडौं । राम्जी प्रसाद वज्राचार्य स्मृति प्रतिष्ठानमा करिब २० लाख रुपैयाँबराबको अक्षय कोष स्थापना गरिने भएको छ । विदेशमा रहेका र नेपाल भएका खेलाडीहरुको सहयोगमा उक्त अक्षय कोष स्थापना गरिनलागेको हो ।
उक्त कोषमा राखिने रकमबाट खेलाडीहरूको हकहित गर्नको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने प्रतिष्ठानले जनाएको छ । कराते खेलाडी राम्जी प्रसाद बज्राचार्यको सम्झनामा उक्त प्रतिष्ठान गठन भएको हो । वज्राचार्य नेपालमा प्रथम पटक भएको खुल्ला कराते प्रतियोगिता वि.सं. २०४० र दोस्रो पटक वि.सं. २०४२ का नेपाल च्याम्पियन हुन् । यस्तै उनले सन् १९८४ जाकार्ता–इन्डोनेसियामा भएको एसियन प्रतियोगितामा कांस्य पदक जितेका थिए भने सन् १९९१ जापानमा भएको खुल्ला विश्व प्रतियोगितामा विश्व विजेता मिडिरोसँग उत्कृष्ट भिडन्त गरेका थिए । उनकै सम्झनामा प्रतिष्ठान स्थापना गरी अक्षय कोष खडा गरिएको हो ।