काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्तरूपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरेका हुन् ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आएका व्यक्तिहरूलाई बैंकका सञ्चालक दिपक रौनियारले कृतज्ञताज्ञापन गरे थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरूबारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरूपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त शाखाबाट ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल विष्टले जनाएका छन् ।