काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) नयाँ शाखा विस्तार गरेको छ । बैंकल बिहीबार पोखरा महानगरपालिका वडा नं. ०१, बगरस्थित बगर शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्तरूपमा गरेका हुन् ।
उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरू पनि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्यबमोजिम विभिन्न स्थानहरूमा शाखा कार्यालय सञ्चालन गरी आम जनमानसहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंसा गरे । साथै, यस शाखा कार्यालयले स्थानीयहरूको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिए ।
बैंकले हाल ९७ वटा शाखा कार्यालयहरू, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरू सञ्चालन गर्ने योजना अगाडि रहेको जानकारी दिएको छ ।