काठमाडौं । नबिल बैंकले एकै पटक १४ वटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले बिहीबार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुरबारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रूपन्देही, खैरेनी रूपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।
उपरोक्त शाखा कार्यालयमा सो दिन आयोजित उद्घाटन कार्यक्रम÷समारोहका बीच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलले संयुक्तरूपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्तरूपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्तरूपमा थलि डाँछी शाखा, बैंक सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रूपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद चापागाईले संयुक्तरूपमा दुवाकोट शाखाको उद्घाटन गरेका छन् ।
यसैगरी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्तरूपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक श्रीमती रंजना पौडेल पण्डितले संयुक्तरूपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्तरूपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख– प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक श्रीमती मीना पाण्डेले संयुक्तरूपमा पुष्पलालचोक शाखा, नबिल बैंकका प्रमुख सञ्चालन अधिकृत गणेश प्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्तरूपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चा भडेलले संयुक्तरूपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगार्इँर रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्त रूपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
बैंकले कार्यक्रमका अतिथिहरू, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू एवं बैंकका उच्चपदस्थ अधिकारीहरू तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । उद्घाटन गरिएका शाखा कार्यालयहरूबाट सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ सुविधा लिन सक्नेछन् ।
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्णरूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय एक सय ४८ पुगेको छ । बैंकले एक सय ८८ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ ।
देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ ।