वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन् । रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि वासिङ्टनको यो टिप्पणी बाहिर आएको हो ।
‘हिजो रुसले हाम्रा दुई सहयोगीहरूलाई ऊर्जा आपूर्ति बन्द गर्ने धम्की दियो। मलाई स्पष्ट पार्न दिनुहोस्ः हामी रूसलाई जारी प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न दिनेछैनौँ’, राष्ट्रपति बाइडेनले ट्विटमा भनेका छन् ।
अमेरिकी राष्ट्रपतिले वाशिङटनले ‘रूसबाट ग्यास ब्ल्याकमेलको धम्की दिएका युरोपेली सहयोगीहरूलाई मद्दत गर्न अन्य राष्ट्रहरूसँग काम गरिरहेको छ’ भनेका छन् ।
‘हामी अन्य राष्ट्रहरूसँग काम गर्दै छौँ – जस्तै दक्षिण कोरिया, जापान र कतार – जसले ग्यास ब्ल्याकमेलबाट रूसले धम्की दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई उनीहरूको ऊर्जा आवश्यकताहरू अन्य तरिकावाट पूरा गर्न मद्दत गर्ने हाम्रो प्रयास रहन्छ’, ट्विटमा थप भनिएको छ ।
मार्च ३१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अमित्र’ देशहरूमा दर्ता भएका कम्पनीहरूसँग ग्यास आपूर्तिको लागि सबै सम्झौताहरू रूबलमा गर्ने गरी एक आदेशमा हस्ताक्षर गरेका थिए ।
मिडिया रिपोर्टहरूले जनाएअनुसार केही युरोपेली ग्यास खरिदकर्ताहरूले रूसले माग गरेअनुसार रुबलमा आपूर्तिको लागि भुक्तान गरिसकेका छन् । बुधबार, युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनका अनुसार रूसी ऊर्जा प्रदायक ग्याजप्रोमको बुल्गेरिया र पोल्यान्डलाई ग्यास आपूर्ति निलम्बन गर्ने निर्णय ब्ल्याकमेलको अर्को प्रयास हो ।
‘ग्याजप्रोमले एकतर्फी रूपमा युरोपका ग्राहकहरूलाई ग्यासको आपूर्ति रोक्ने घोषणा गर्नु भनेको ब्ल्याकमेलको साधनको रूपमा ग्यास प्रयोग गर्ने अर्को प्रयास हो । यो अनुचित हो र अस्वीकार्य छ । यसले एक पटक फेरि ग्यास आपूर्तिकर्ताको रूपमा रूसको अविश्वसनीयता देखाउँछ, ‘भोन डेर लेयनले एक विज्ञप्तिमा भनेका छन् ।