काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ६९ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रूपैैंयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७१ करोड ८७ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८७ करोड ११ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड १७ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ६९ लाख ९३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५० करोड ९५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३६ करोड २९ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३६ करोड सात लाख ९६ हजार रूपैैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम चार करोड ३२ लाख २६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ७४ प्रतिशत रहेको थियो ।