काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।
बैंकभित्र रहेको मानव संशाधनलाई बैंकले सन्तुष्ट हुनेगरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।
उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संशाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।
कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा. सुवास केसीको संयोजकत्वमा निर्णायकमण्डल बनाएको थियो । सोही छनौट समितिले नबिल बैंकलाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ अवार्ड दिने निर्णय गरेको हो । बैंकमा कर्मचारीहरूको कार्यसम्पादनका साथै उनीहरूको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।
बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरू बैंंंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायाराभित्र कर्मचारी व्यवस्थापन गरिएको थियो । नबिल बैंकले स्टार बैंकरहरू समेत जन्माइसकेको छ । बैंकका एक हजार तीन सय १४ भन्दा बढी कर्मचारीहरू स्थायीरूपमा कार्यरत रहेका छन् ।
बैंकले यसअघि कम्पनीको एचआर मिटअन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिलको हाल एक ४८ शाखा, एक सय ८८ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको छ । नबिलले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।