काठमाडौं । मंगलम् पाइप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र वितरण गरेको छ । उद्योगका प्रबन्धनिर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तत्र्रिmया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।
मंगलम उद्योगका प्रबन्धनिर्देशक अभिनव चुरिवालले सुुरुवाती दिनहरुदेखि नै कम्पनीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म आइपुग्न सबैको प्रयास र मिहिनेत रहेको बताए । साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरे । आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय–समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए ।
नेपालकै पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम् इन्डस्ट्रिज प्रालिले आ.व.२०७७/०७८ को अन्त्यसँगै भैरहवास्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो ।