काठमाडौं । हिमालयन हाइड्रो नेपाल लिमिटेडले नौ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्न लागेको हो ।
कम्पनीका अनुसार अधिकृत पुँजी एक अर्ब नौ करोड ५० लाख रुपैयाँमध्येबाट आठ दशमलव २२ प्रतिशतको अनुपातमा नौ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य यही वैशाख २५ गतेबाट सुरु भई छिटोमा जेठ आठ गते र ढिलोमा जेठ २३ गते बन्द हुनेछ ।