अमेरिका । भिडियो प्रसारक नेटफिलक्सले बेलायती राजकुमार ह्यारीसँग विवाह गरेकी अमेरिकी कलाकार मेगान मर्केलको एनिमेसन गरिएको टिभी सिरिज रद्द गरेको छ । गत वर्ष नै उक्त शो ल्याउने निर्क्योल भएको थियो । त्यसो त नेटफ्लिक्सले अन्य शोहरु पनि रद्द गरेको छ ।
गत महिना नेटफ्लिक्सले सब्सक्राइबर धेरै घटेको र अन्य धेरैले यो सेवा समाप्त गर्नलागेको बताएको थियो । यसले कम्पनीको बजार मूल्यमा ५० अर्ब अमेरिकी डलर गिरावट आएको थियो । मेगानले पर्ल नामक शो ल्याउन चाहेकी थिइन् । त्यसमा १२ वर्षकी केटीको यात्राबारे देखाइएको छ । ती पात्र ऐतिहासिक महिलाको प्रतिनिधिका रुपमा देखाइएको बताइएको छ ।
यद्यपि नेटफ्लिक्सले अन्य धेरै परियोजनामा भने का मगर्ने जनाएको छ । त्यसमा हार्ट अफ इन्भिक्टस नामको डकुमेन्ट्री पनि समावेश छ । अप्रिलमा नेटफ्लिक्सले दुई लाख सब्सक्राइबर घटेको तथ्यांक सार्वजनिक गरेको थियो ।