काठमाडौं। सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक ३१ दशमलव ७६ अंकले ओरालो लागेर २२ सय ७५ दशमलव ६८ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौैं अंकले ओरालो लागेर चार सय ३६ दशमलव ८८ बिन्दुमा झरेको छ । खनव १३ वटा उपसमुहरु अन्र्तगत दुई सय ३३ वटा कम्पनीह्रुको सेयर खरिद बिक्री भएका छन् । जसअन्र्तगत २७ हजार पाँच सय ६६ पटकको कारोबारमा ३६ लाख दुई हजार आठ सय ४८ कित्ता सेयर किनबेच भएको छ । सो अनुरुप आज कुल कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।