काठमाडौं ।भारतीय दूतावासको कम्पेक्स छात्रवृत्तिबारे कृष्णा फाउन्डेसनले नेपाली विद्यार्थीलाई जानकारी गराएको छ । भारतीय दूतावासले नेपाली विद्यार्थीहरूलाई विशेष गरी बीई, बी टेक, फार्मेसी, बी फर्मा, एग्रिकल्चर, फुड टेक्नोलोजी, बीएस्सी नर्सिङलगायतकका अन्डरग्राजुएट कोर्सहरूका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
कम्पेक्स २०२२ स्कलरसिप स्किमका लागि नोटिस आइसकेको छ भने विद्यार्थीहरूले ७ मेभित्र आफ्नो फर्म भरिसक्नुपर्नेछ ।
सोही कुरालाई जानकारी गराउने उद्देश्यले कृष्णा फाउन्डेसनले विद्यार्थीहरूलाई भारतीय दूतावासको वेबसाइटमा रहेको कम्पेक्स २०२२ स्कलरसिप स्किमबारेमा बुझ्नका लागि आह्वान गरेको छ ।
कृष्णा फाउन्डेसनका एकेडेमिक डाइरेक्टर सुजित कर्ण भन्छन्, ुभारतीय दूतावासले शिक्षा मन्त्रालयमार्फत दिने कम्पेक्स स्कलरसिपमा इन्जिनियरिङ, फार्मेसी, एग्रिकल्चर, बीएस्सी नर्सिङ, फुड टेक्नोलोजी र नर्सिङ कोर्सहरूमा दिने यस छात्रवृत्तिमा खान, बस्न, पढाइलगायतका थुप्रै कुराहरू समावेश छ ।ु
विशेष गरी यस फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूलाई आफूले प्रवर्द्धन गर्दै आइरहेको छ । साथै कम्पेक्स स्कलरसिपको माध्यमबाट पनि ती विश्वविद्यालयहरूमा जानका लागि आह्वान गरेको छ ।
विद्यार्थीहरूले आफ्ना एकेडेमिक रेकर्ड र प्रतिस्पर्धाका आधारमा भारतका विभिन्न विश्वविद्यालयहरूमध्येमा केही विश्वविद्यालयहरूलाई मात्रै प्राथमिकताका रूपमा छान्नुपर्ने हुन्छ ।
यही कुरालाई लिएर धेरै विद्यार्थीहरू अनिर्णयको बन्दी हुने हुँदा सोही भ्रमलाई चिर्न कृष्णा फाउन्डेसनका अध्यक्ष सन्तोषकुमार चौधरी यसरी प्रस्ट पार्छन्, ुआफूलाई केके प्रमाणपत्रहरू चाहिन्छ, त्यो हेर्न विद्यार्थीले भारतीय दूतावासको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ । त्यसैगरी, २२० जनाले भारतीय दूतावासबाट दिइने स्कलरसिप पाउने हो । त्यसैले म भन्छु– यदि तपाईंले यो छात्रवृत्ति पाउनुभएन भने पनि ‘सेमबायोसिस, विश्वविद्यालय, भिआइटि विश्वविद्यालय, एसआरएम विश्वविद्यालय, जैन विश्वविद्यालय, भिगानन विश्वविद्यालय’ जस्ता विश्वविद्यालयहरूले नेपाली विद्यार्थीका लागि मेरिटका आधारमा सोझै ४० देखि ५० प्रतिशतसम्म छात्रवृत्ति दिइराखेको छ ।