काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकवर्गको चाहनाअनुरूप वार्षिक आठ दशमलव तीन प्रतिशत ब्याज प्राप्त गर्न सकिने प्लाटिनम प्लस नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरूमाझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।
आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरूले मासिक ब्याज भुक्तान, प्रायोरिटी बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतकोे छुट (पहिलो वर्षको लागि) पहिलो वर्ष डेबिट कार्ड, मोबाइल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ, यूएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो सेयर, सी–आस्वा, प्रिपेड यूएसडी ई–कम कार्ड निःशुल्करूपमा उपलब्ध हुनेछ ।
सिद्धार्थ बैंककोे एक सय ९० वटा शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिनेछ । यो खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा पनि सम्र्पक गर्न सकिने जानकारी बैंकले दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ८५ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब छ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८९ अर्ब छ करोड ९० लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७७ अर्ब ३७ करोड ४२ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७६ करोड १३ लाख ५६ हजार चार सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब एक करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।