काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३१ दशमलव ७६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ३७ दशमलव छ अंकले ओरालो लागेर २२ सय ३८ दशमलव ६२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंकले ओरालो लागेर चार सय ३२ दशमलव ५५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन । जसअन्तर्गत ३४ हजार दुई सय ६० पटकको कारोबारमा ४६ लाख ७४ हजार नौं सय ४० कित्ता सेयर कारोबार भएका छन् । सोही कारोबारका आधारमा आज एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार चार सय ७३ रुपैैंयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।