काठमाडौं । आधुनिक प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तार भइरहेको छ । यसै क्रममा कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।
वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग प्रतिस्पर्धा गर्न र ग्राहकहरूको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न प्रोडक्टहरू उपलव्ध गराउने सिलसिलामा बैंकले यही वैशाख १५ गतेबाट विधिवत्रूपमा यूएसडी प्रिपेड डलरकार्ड सेवाको सुरुवात गरेको छ जसबाट विदेशी मुद्रामा आम्दानीको स्रोत नभएका तर नेपालभित्रै बसी ई–कमर्सको माध्यमबाट अनलाइन सपिङ तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सीमाभित्र रही कारोबार गर्न सकिनेछ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरू क्रमशः अजय कुमार रिमाल, हिमलाल पौडेल, सरोज कुमार साह, टंक पोखरेल त्यसैगरी डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराई, भूमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको यूएसडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।