काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ६० लाख आठ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ६४ लाख ३९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १९ करोड ८४ लाख २४ हजार चार सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ९१ लाख ९१ हजार छ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड २४ लाख ३० हजार पाँच सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८२ करोड ७० लाख ४४ हजार सात सय रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ७५ लाख ४० हजार पाँच सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६४ लाख ६३ हजार दुई सय रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ९९ लाख ५८ हजार नौ सय ९० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७५ प्रतिशत रहेको थियो ।