काठमाडौं, फागुन ४
प्रादेशिक अस्पताल जनकपुरधाममा सेञ्चुरी कमर्सियल बैंकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बिरामी एवं कुरुवाहरूलाई रकम झिक्न सहज हुने उद्देश्यका साथ पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याइएको हो । सेन्चुरी कमर्सियल बैंकले प्रादेशिक अस्पताल जनकपुरमा एटीएम सेवा सञ्चालनमा ल्याएपछि अब बिरामीका आफन्तलाई सजिलो हुने भएको छ ।
शुक्रबार बिहान एक कार्यक्रमका बीच एटीएम सेवाको उद्घाटन गरिएको बैंकका जनकपुर शाखा प्रबन्धक नवीन झाले जानकारी दिए । एटीएम सेवा उद्घाटन कार्यक्रममा सेन्चुरी बैंकका क्षेत्रीय प्रमुख सौरभ चौधरी, प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव, अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह,उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साहलगायत बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।