कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मे ९ देखि मे २३ सम्म श्रीलंकासँग प्राविधिक वार्ताको अर्को चरण सुरु गर्ने आईएमएफका श्रीलंकाका नियोग प्रमुख मासाहिरो नोजाकीले बताएका छन् ।
नोजाकीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आईएमएफको नीतिअनुरुप आईएमएफ श्रीलंकालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए । ‘श्रीलंकाको ऋणलाई दिगो रूपमा मूल्यांकन गरिएको हुनाले -याकपिड फाइनान्सिङ इइन्स्टुमेन्टमार्फत आईएमएफको वित्तपोषणको स्वीकृतिले ऋणको दिगोपन पुनःस्थापित हुने पर्याप्त आश्वासन चाहिन्छ’, उनले भने ।
दुई पक्षले गत महिना आईएमएफको मुख्यालयमा पहिलो चरणको छलफल गरेका थिए । श्रीलंकाले -यापिड फाइनान्स इन्स्टुमेन्ट (राएफआई) सुविधाका साथसाथै आईएमएफबाट ठूलो विस्तारित कोष सुविधाको लागि आफ्नो विदेशी मुद्रा अभावको समस्यालाई पार गर्नको लागि आशा गरेको छ।