काठमाडौं । पशुपति ट्रेडलिंक प्रालिले ‘डिजो’ ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि डिजो ब्राण्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच लन्च गरेको हो ।
रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्ट वाच ल्याएको जनाइएको छ । डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको कम्पनीले जनाएको छ । जसमा इनबिल्ट जीपीएस रहेको छ । जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा हरेक फिटनेट कार्यको ट्रयाक स्याटेलाइटमार्फत गर्न सकिने बताइएको छ ।
मर्निङ्ग वाक गर्दा हिँडेको बाटो, गतिविधि, स्पिड, एक्सरसाइजलगायतका डाटाहरु स्याटेलाइटको माध्यमबाट ट्रयाक गर्न सकिने जनाइएको छ । स्मार्टवाचमा ९० वटा फरक–फरक स्पोर्टस मोड राखिएको पनि कम्पनीले बताएको छ । यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध रहेको छ । कम्पनीले यसको बजार मूल्य सात हजार नौ सय ९० रुपैयाँ तोकेको छ । ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा एक वर्षको वारेन्टी सुविधा पनि छ ।