हङकङ । हङकङ विशेष प्रशासनिक क्षेत्रको छैठौँ मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् । हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब एक हजार चार सय ६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन् । ली च्याछाउले एक हजार चार सय १६ मत प्राप्त गरेका छन् ।