काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पसल–पसलमा क्यूआर कोड वितरण कार्यलाई प्रोत्साहन गरी नगदरहित बैंकिङ कारोबारमा जोड दिँदै आएको छ । सोही क्रममा बैंकले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सोमबार महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाइमा उक्त क्षेत्रमा रहेका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्टलगायतका विभिन्न पसलहरूमा बृहत् रूपमा क्यूआर कोड वितरण गरेको हो । उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षितरूपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरूलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ ।