काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, ईबीएल टच २४ मा ‘नेपाल–पे क्यूआर’लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेट–वेमा उपलब्ध ‘नेपाल–पे क्यूआर’मार्फत भुक्तानीहरू गर्न सक्नेछन् ।
एभरेष्ट बैंकले ‘नेपाल–पे क्यूआर’को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ । एभरेष्ट बैंक, पञ्जाव नेसनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौँ सन्तुष्ट ग्राहकहरू आबद्ध छन् । हाल बैंकले आफ्ना एक सय १५ शाखा, ३१ राजस्व संकलन काउन्टर, एक सय ५० एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।