काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एसियातिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एसियातिक्वले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।