नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् शुक्रबार मधयरातिसम्म दुई हजार आठ सय ५८ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको संख्या चार करोड ३१ लाख १९ हजार एक सय १२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको थियो । यद्यपि गत मंगलबारबाट केही कमी आएको देखिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार दुई सय एक पुगेको छ । भारतभर अझै पनि सक्रिय संक्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौबीस घण्टाको समयावद्धि अर्थात् बुधबार मध्यरातिसम्म तीन हजार तीन सय ५५ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७६ हजार आठ सय १५ जनालाई कोरोना संक्रमण निको भएको छ । (रासस/सिन्ह्वा)